खोजी
घडी,जसले धेरैलाइ समय बेचेको छ
यहि घडीसंग किन्नेछु समय ,
बनाउनलाइ आफ्नो भबिस्य
आगो,जसले धेरैको समय लिएको छ
यहि आगो संग मिल्नेछु कुनै बेला
पुर्याउन प्रकृति को नियम
हो यहि घडी र आगो बीचको बर्तमान, म
खोज्दै छु मेरो भबिस्य ,
जलेर खरानी भएको यो माटोमा
A picture is worth a thousand words
फोटो आँफैमा साहित्य हो ,
मेरो शब्दले दृश्यलाइ न्याय गर्ला कि नगर्ला थाहा छैन
तर जुन भाव मेरो मनमा यो दृश्य देखेपछि आयो
त्यसलाई शब्दमा उतारेकी हुँ
Comments
Post a Comment