पत्र बाबालाई ..............

कती निस्ठूरी छ यो संसार! शायद बुझेर पनि बुझ पक्षउने धेरै छन यहाँ । सामाजिक मुल्य र मन्यता ले हामी आँफै लाई चितामा जलाउन वाध्य बनाएको छ। अनी त्यो चित को आगो तप्नेहरु को सन्ख्या कम छैन यो संसार मा । अन्धबिश्वास रुपी सङ्लोले बाधिएको यो संसारले माया प्रेम र स्नेहलाई कुल्चिएर सन्स्कार्को नाँउ म कुरितिलाई अंगाल्न वाध्य बनाउछ। अनि त्यो साङ्लो तोडेर त्यो वन्द बहिर को कुर गर्‍यो भने ऊ बहिस्क्रित हुन्छ समाजबाट वा अनेक षड्यन्त्र गरेर उस्लाई बिफल पारीन्छ । शायद एही सँस्काररुपी भाषमा भासिएर होला माया प्रेम र स्नेह भन्ने शब्द शब्दकोश म सिमित भएको। के म आफ्नो घरमा नजरबन्ध भएको यहि सामाजिक मुल्य र मान्यता ले होइन र ? मेरो के दोश थियो र? मैले त खाली उसलाई चोखो माया गरेकी थिए । उसका हरेक पाइला म साथ दिने अनि अनि प्रत्येक घडी मा उसको साथमा रहने प्रण गरेकी थिए। यशैमा म खुशी थिए किनवने मैएल उस्लाई मेरो असल साथीको रुपमा हेरेकी थिएँ । आज येहि सन्स्कारीक मुल्य मन्यताले गर्दा मेरो खुशीलाई आफ्नो खुशी ठान्ने अनि मेरो हर मुस्कानमा आफ्नो सपना देख्ने मेरा आमाबाबाले मलाई कैद गर्नुपरेको छ । समाजबाट तिरस्क्रित हुने डरले उहाहरुले आफ्नो सपनालाई सपनामै सिमित गरी सपनै बनाएर राख्न वाध्य हुनुपरेको छ । सबैले चिन्न सक्ने ,ठुलो र असल नागरिक बनेको देख्ने उहाहरुको सपना अनि मेरो प्रयास एउटा सानो कुराले उडाइदिएको छ ।
सामाजिक मुल्य मान्यतालाई रोक्न नसकेर आज मेरो बाबाले मलाई नजरबन्धमा राख्ने कठोर् निर्णय लिनुभयो। यसमा मेरो एउटै गल्ती भयो, त्यो के भने मैले उसलाई माया गरेँ अनि उसले मलाई माया गर्यो । एक अर्काको साथबिना हामी एकपल पनि जिउन नसक्ने भयौँ । अनि बाबाहरुको शब्दमा ऊ पर्‍यो दलित अनि म उहाहरुको भाषामा माथिल्लो जातकी । हो यहाँनेर आएर समाजलाई हाम्रो सम्बन्ध पच्य भएन । अनि मैले रेडियो सुन्न र टि भि हेर्न देखी बाहेक केही काम गर्न पाएको छैन । अनि मेरो मोबाईल पनि खोसियो । अनि मैले कलेज पनि जान पर्दैन रे। हुन त कलेजमा पढाई हुने भनेको एक महिना मात्र हो । त्यसपछी त मैले काम खोज्नु पर्छ । नत्र यत्रो डिग्री पदेको पानी मै गैहाल्छ नि।
कती माया गर्छु म उसलाई । शायद तौलेर देखाउने यन्त्र भये यो संसारलाई तौलेर देखाउने थिए मेरो माया। आजकल त किन किन आफ्नै ठाउँ बिरानो भएजस्तो लाग्छ । कसैले मलाई बुझ्न सकेन । हुन त म आफ्नो लक्ष्य प्रती प्रतिबध्ह छु । म कुनै पनि हालतमा आफ्नो लक्ष पुरा गर्छु। हाम्रो चार बर्ष देखी को प्रेममा आज कालो बादल लागेको छ। ऊ सगको बिछोडले आज मेरो मन मा आधिबेरी आएको छ। हाम्रो प्रेम रुपी कोपिला फक्रन नपाई ओीइल्यौने प्रयास गरिएको छ। मलाई पनि त थाहा छ नि के सही र के गलत भनेर । बच्ची त छैन नि म सही र गलत नै छुट्याउन नसक्ने? कसैलाई चोखो ह्रिद्य ले प्रेम गर्नु , माया गर्नु के पाप हो? खै त सामाजिक मुल्य अनि धर्म को नाममा भेदभाद गर्ने कस्ले के कमायो? मात्र अन्यायलाई बढायो ।
तर म पनि अब धेरै यो बन्देजमा बस्न सक्दिन। के मेरो आत्मनिर्णयको अधिकार छैन र ? अब म कुनैपनि हालतमा सामाजिक घेरा म बन्देज भएर बस्नसक्दिन। त्यसैले म यो जन्मे हुर्केको, पढे बढे को ठाउँ छोडेर जादै छु। मलाई माफ गरिदिनुहोश बाबा मैले हजुरको कुरा मानिन । मलाई मेरो संसारमा रम्न दिनुहोश बाबा । म यो संसारलाई चुनौती दिएर अगाडि बद्न चाहन्छु। अहिलेलाई बिदा......... बिदा............. बिदा । शायद म हजुरको आँगनमा अटाउन सकिन होला । हजुर को फूलबारिमा फुल्न सकिन । मलाई माफ गरिदिनुहोश बाबा म दिन्दिनै मरेर बाँच्न चाहन्न। केही गरेर बाँच्न चाहन्छु । हवस त बिदा ।।।।।।।।

हजुरकी छोरी
नानु

Comments

  1. ओज पूर्ण विषय बस्तु । यो कुरा समाज सम्पूर्ण बाबा ओदाका शक्तिहरुले बुझ्न जरुरी भएको छ । लेखनको तार्किक विषय र दृष्टान्त सामजिक रुपान्तरणको यर्थाथ चित्रणको रुप मैले देखेँ । Happy Blogging!

    ReplyDelete
  2. अनुषा जी मलाई तपाईको पोष्ट एकदमै मार्मिक लाग्यो । तपाईले समाजको काहालीलाग्दो दुरावस्थालाई प्रष्टसँग छताछुल्ल पार्ने प्रयत्न गर्नुभएको रहेछ । हार्दिक बधाई तपाईलाई तपाईको लेखनीमा एउटा अदृश्य शक्ति छ, यसलाई निरन्तरता दिनुहोला ।

    ReplyDelete
  3. धन्यवाद राजेशजी !!!!!!!!!

    ReplyDelete

Post a Comment

Popular Posts