मेरो कबिता मा पहिलो भेट !!!!!!

छोरीको चाहना ।।।।।।।।।।।। २०६०-८-२० ( in class six)

ए मेरा बाबा , ए मेरी आमा
स्कुल पठाइदेउ ।
गहना हैन किताब र कलम
हामीलाई किनिदेउ।।
स्कुलमा हामी गुरुले भन्या
राम्ररी बुझ्ने छौं
पदेर हामी देशको लागि
केही गरी छाड्नेछौं
दाईजोको चिन्ता नलेउ तिमी
पढाईको चिन्ता लेउ
चहिन्न दाईजो चहिने शिक्षा
हामीलाई धेरै देउ । ।
घांस दाउरा हैन किताबको भारी
हामीलाई बोकाईदेउ ।
दयाका पात्र होइनौ हामी
एकचोटी अवसर देउ ।
यस देशमा पनि फ्लोरेन्श जस्ता
छोरी जन्मिए ।
अवशर पाएनन तिनीहरुले
घासदाउरामै अल्झिए ।।
सतबुद्धी मिलोस सबैमा आज
यो मेरो कामना ।
प्रगती गरुन छोरीहरुले
यो मेरो चाहना ।।

Comments

  1. राम्रो कविता । सबैले बुज्नु पर्छ यसबारेमा ।

    ReplyDelete
  2. "चहिन्न दाईजो चहिने शिक्षा
    हामीलाई धेरै देउ । ।"

    कुरो एकदम ठीक लाग्यो मलाई पनि ... एकपटक "छोरीले पनि छोरा सरह अँश पाउनुपर्छ" भन्ने कुरो नि आएको थियो .. त्यो चैं खासै भन्दा मलाई ठीक लगेको थिएन । अँशको साटो सबैले आ-आफ्ना छोरीलाई चाहे जत्ति पढाईदिन सके कत्ति राम्रो हुन्थ्यो होला हाम्रो समाज ..

    ReplyDelete
  3. thanks for your comment.Sadhanaji...

    ReplyDelete

Post a Comment

Popular Posts