नेपाली भएर नेपालप्रती माया भएन भने हामी के नेपाली हुन सक्छौ र ?
सुनौलो बिहानीको आशमा रातको अँधेरोमा जुन र तारा हेरेर चित्त बुझाउने हामी नेपाली , जुन र तारालाई नजिकको ठानी आनन्द लिन्छौं र सुनौंलो बिहानिको आशमा बाच्छौं , मानौं जुन र ताराले घामको किरण ल्याउने छन । तर त्यो जुन जो अरुको प्रकाशलाई आफ्नो बनाएर हामीलाई झुक्याउछ अनी तारा चम्किमात्र रहन्छ कहिलै कसैको लागि बाच्दैन , ति निर्दयी जून र तारा हेरेर किन समय खेर फाल्नु ।
देवकोटाले भनेझैं चन्द्रमा छुने सपना पुरानो भयो अब । अब त नयाँ बिहानीमा क्रान्तिको सुनौलो रङ ल्यएर सबैको ओठमा मुस्कान छर्ने दिन आको आएको छ । चन्द्रमा लाई छुने सपना देखेर के गर्नु र आफ्नो परिवार , समाज र राष्ट्र रोहिरहेको छ भने । हामीले अब आफु मात्र चम्कने तारा होइन जगतलाई उज्यालो पार्ने सुर्य बन्ने दिन आएको छ । जगतलाई न्यनोपना दिने सुर्य झैं बन्नुपर्छ जस्ले राम्रो अभिभावकत्व निभाएको छ । कहिले कठोर बनेर हामीलाई झस्काइरहेको छ त न्यानोपना दिईरहेको हुन्छ। तसर्थ लक्ष्य चन्द्रमा छुने हैन , तारा बन्ने होइन सुर्य बनेर जगतलाई चम्काउने बन्नुपर्छ । जनताको लागि हुनुपर्छ।
कहिलेकाही बादलले छेकिदिन्छ सुर्यलाई निर्दयी बनेर तर सुर्य कती पनि बिचल्लित हुँदैन। सारा सृस्‍टिको आधार बनेर सुर्य झुल्किरहन्छ । आफ्नो कर्तब्यबाट कती पनि बिमुख भएको छैन । समयमा आफ्नो काम गर्छ । उसलाई सबैतिर भ्याउनु छ । एकातर्फ अध्यारो बनएर अर्कोतर्फ जान्छ भने धेरै अध्यारोमा नराखी पुन: उज्ज्यालो पार्न आउने गर्छ ।
हो! अब सुर्यबाट सिक्ने दिन आएको छ । अरुको सक्तिलाई आफ्नो बनाई आफ्नो कम्जोरी लुकाउने चन्द्रमा होइन , सुर्य झैं संसारलाई दिशा प्रदान गर्ने सुर्य बन्ने सपना बोक्ने दिन आएको छ। अनी त्यस सपनालाई साकार पार्न सपनाको संसारबाट वास्तविकतामा आएर पूरा गर्ने दिन आएको छ । नेपाल आमाको सपना पूरा गर्ने दिन आएको छ ।
तसर्थ ,

सपनाको महल त्यागी
वास्तविकतामा ओर्लौ
तारा बनेर चम्कने होइन
सुर्य बनेर जगतलाई चम्काउं

तारा भनेर चिच्याउने त
सिनित छन ।
तर , सुर्यको आवश्यकता
सबैलाई छ।

अरुको साहयता लिई
कम्जोरिलाई ढाकछोप गर्ने
चन्द्रमा होइन ।
जगतको आधारशिला
सुर्य बन्नु छ ।

दिउंसो जहाँ भएपनी
रात त घर आउनैपर्छ ।
भात्किएको घरमा
रात कसरी बिताउने

त्यसैले ,

दिउंसो घर बनाउनै पर्छ
पछी पछुताउनु भन्दा ,
अहिल्यै ,घर बनाउनु पर्छ
आजै देश बनाउनु पर्छ
अहिल्यै देश बनाउनु पर्छ ।।।

Comments

Popular Posts