सपना


औसीको रात
एउटा सपना
मेरो जीवनमा आयो ।
मेरो ओठमा
मिठो मुस्कान ल्यायो।।
रोइरहेको मेरो मनमा
त्यो सपनाले मलाई
खुशी बनायो ।

हो त्यही सपना
त्यही सपना
जस्ले औसिको रातमा
चन्द्रमाको प्रकाश देखायो
प्रचन्ड गर्मीमा
शितलता प्रदान गर्‍यो
त्यही सपना
जसलाई पुरा गर्न
मानिसहरु दिनरात तपस्या गर्छन्
तर मलाई अनायसै प्राप्त भयो
हर्स र उमङग को आँधी नै आयो ,
मेरो सपना,
जसले जीवनको आफ्ठ्यारोमा
मलाई हिंड्न सिकायो
त्यही सपना ,
जसको आगमनले
मन नै प्रफुल्लित भयो ।

त्यही औँसीको रातमा
आएको सपना,
आज,
अहिले कहाँ बिलायो
सपना त सपनै रहेछ
क्षणभरमै हरायो
त्यो सपना,
जसलाई आफ्नो जीवन ठाने
त्यो त भ्रम पो रहेछ ।
औसिको रातमा
देखेको सपना,
सुर्यको किरणसँगै शित हराएझैँ
मेरो सपना पनि हरायो,
मलाई जीवन जिउन
सिकाएर गयो

मैले धन्यवाद
दिन पनि पाइन
न त सपनालाई
चिन्न नै सके
म त रणभुल्लमा परें
सपना भ्रम थियो
या वास्तविकता

एकचोटी
मात्र एकचोटी
आईदिए हुन्थ्यो मेरो सपना,
ता की म चिन्न सक्थे सपनालाई ,
छुट्याउन सक्थे म ,
सपना , सपना थियो या
बिपना
भ्रम थियो या
वास्तविकता । ।।।।।

Comments

  1. कविता पनि सपनाजस्तै भएछ, के भन्न खोजिरहेको पत्तै नहुने...तर प्रयास राम्रो छ ।

    ReplyDelete
  2. धन्य्बाद हसाउनु भयो राजेशजी ।।
    सपनै जस्तो लागिरको छ
    कबिता लेख्दा ।।

    ReplyDelete

Post a Comment

Popular Posts