मन







यो मान्छेको मन पनि अनौठो हुदो रहेछ। कहिले हावाको बेगलाई पछ्याउदै उद्न मन लाग्छ त कहिले  नदी को बहाब सगै पौदन मन लाग्छ । यो मन कहिले निरश भएर बश्छ त कहिले आनन्दित भएर मिठो सपनाको आशमा बस्छ । कहिले के गर्न मन गर्छ त यो मन कहिले क् गर्न मन गर्छ । कहिले माया गर्छ यो मनले कसैलाई त कहिले उसैलाई घ्रिणा गरिदिन्छ यो मन । मन्मनै मनका कुर मनसँग गर्छ यो मन । माया गर्नुपर्नेलाई घ्रिणा गर्न पुग्छ यो मन त घ्रिणा गर्नुपर्नेलाई माया गर्न पुग्छ यो मन । 
  आफु जस्ताइ अनेकौ मन हरुलाई मनमनै मन पराइरहन्छ यो मनले थाहै नपाई । ब्यक्त गर्न सक्दैन यो मनले त्यो मन लाई मन पराएको कुरा । अर्को मन ले आफ्नो मन को कुर आँफैओ बुझिदिये हुन्थियो भन्छ यो मन अनी अर्को मन ले आफ्नो कुरा नबुझ्दा निराश हुन्छ यो मन । रोइदिन्छ यो मन , कहिले आसुँ निकालेर त कहिले मनमनै रोइदिन्छ यो मन । मन परेको मन ले आफ्नो कुर बुझ्दा फुरुङ हुन्छ यो मन , हावामा उडिदिन्छ यो मन । कहिले काही यो मन मनमनै जुन र तारा छुन पुग्छ अनी समुद्रको गहिराइमा पुघ्छ यो मन। सगरमाथाको चुचुरोमा पुग्न पनि पछी पर्दैन यो मन ।
नचाहदा नचाहदै पनि गल्ती गर्न पुग्छ यो मन , त्यतिबेला आतिन्छ यो मन , डराउँछ यो मन। तर त्यही मन को कुना म बसेको अर्को मनले हिम्मत दिन्छ यो मनलाई अनी सबै बाधा पन्छाउन्दै अगाडि बढ्छ यो मन । इन्द्रेनी को पुल बनाइ धर्ती बाट आकाश पुग्छ यो मन । दु:खमा आतिन्छ यो मन रोइदिन्छ यो मन अनी खुशी म मक्ख पर्छ यो मन । यो मन यस्तै छ रोक्न सकिन्न यो मन लाई छेक्न सकिन्न यो मनलाई।
 यो मन ले आफ्नो निर्णय आँफै गर्छ । अरुको निर्णयमा हिंड्न मन गर्दैन यो मन तर कहिले कही सम्झौता गर्नु पर्दा भने निकै दुखी हुन्छ यो मन । आफ्नो मन का भावनालाई भित्र भित्रै गुम्साइदिन्छ यो मन । कसैलाई सुनौदैन आफ्नो पिडा भित्र भित्रै तड्पिएर बस्छ यो मन। यो मन को चाहना कहिलै पुरा हुँदैन । एउटा पुरा हुने बित्तिकै अर्को आईपुग्छ यो मन मा।
कहिलेकही सम्झनाको बाढी आउछ मनमा आसु रुपी भेल बनेर बगिदिन्छ सम्झनाहरु क्षण भर मैँ। मन्मनै मन स्वर्गमा पुग्छ अनी नर्कमा पनि पुग्छ। अरु को मन राख्न पनि सम्झौता गर्छ यो मन । यो मन लाई स्वतन्त्रता प्यारो छ । आफ्नो मनका कुरा अर्को मन ले बुझिदियोश भन्छ तर अरु भावना भने बुझ्न चाहदैन यो मन।
 यो मन यस्तै छ, चरा जस्ताइ उढिरहु , नदी जस्ताइ बगिरहु अनी फूल जस्तै फूलिरहु भन्दै गीत गाउँछ यो मन ,सधैंसधैं सधैंसधैं ।।।।।।।   
 

Comments

  1. मन पर्यो !
    अन्य लेखनको लागि शुभ कामना !

    ReplyDelete

Post a Comment

Popular Posts