म' 'तिमी' र 'तिम्री प्रेमिका '



  
  तिमीलाई माया गर्छु ,
भनेर तिमीले मलाई भनिरहदा
तिम्री प्रेमिका मलाई
तिमीसगको प्रेम-प्रसँग
सुनाउछिन

सँगै जिउने कसम नखाएपनी
जुनी जुनी माया गरिरहनेछु
भनेर तिमीले मलाई
भनिरहदा 
तिम्री प्रेमिका मलाई
तिमीसँग भएको सगै जिउने
अनी सगै मर्ने
बाचा कसम सुनाउछिन

तिमीले मलाई माया गरेर
नानु!! भनी बोलाँउदा
तिम्री प्रेमिका मलाई
तिमीलाई माया गरेर बोलाउने
उनको प्यारो नाम सुनाउछिन
मायाका मिठा मिठा कुरा
अनी सपनाका कुराहरु
तिमीले मसग साटिरहदा
तिम्री प्रेमिका मलाई
तिमीसग भएका
स्वोप्निल क्षणहरु
सुनाउछिन

हो तिम्री प्रेमिका ,
अर्थात,मेरी साथी
सुनाउछिन मलाई
तिमीसँग भएका
माया पिरतिका कुराहरु
बाचा कसम अनी
सगै देखेका सपनाहरु

भो माया नगर मलाई ,
तिम्री प्रेमिकाले झै
सक्दिन साथ दिन तिमीलाई
नभन माया गर्छु भनेर ,
तिम्रो मायालाई स्विकार्न सक्दिन ,
तिमी अरुकै हौ
भन्ने जान्दा जान्दै
चाहन्न्न डुब्न तिम्रो मायामा
सक्दिन रम्न तिम्रो छायामा ।।

Comments

Popular Posts