दृश्य


टिभी को टावर नटिपेझैँ
तिम्रो सम्झना मेरो दिमागमा
झिर झिर झिर झिर
आइरहेछ ,

अनि म सफा दृश्य  हेर्न
एन्टिना मिलाउदै छु
 घरि घरि झिर झिर
अनि फेरी सफा
ति अतितका दृश्यहरु
झल्झली आइरहेछ ..

एकाएक सफा बन्छन्
दृश्यहरु ,
हर्षित बन्छ मेरो मन
अनि एक्क्कसी हराउछ र
खालि पर्दा मात्र देखिन्छ
सायद एन्टिना
हावाले हल्लायो क्यार

एन्टिना घुमाउदै जादा
तिम्रो आवाज सुन्छु 
सानु! आज मलाई बिदा देउ
फर्किदा रंगिन टिवी ल्याउला

फेरी एन्टिना घुम्यो क्यार
रानीबन घुम्न जादा
अनायासै तिमीले चुमेको
दृश्य आयो अगाडी
ओहो , येही दृश्य हेरिरन पाए

मन मा उमङ्ग थियो 
तर
हावा आयो
एन्टिना घुम्यो
अनि बिलायो दृश्य फेरी
 झिर झिर झिर झिर
कान मा गुन्जिरह्यो
रंगिन टिवी को धुन्

लालायित छन् यी आँखा
ति दृश्य फेरी हेर्न
तर सायद एन्टिनामा
फेरी चरा  बस्यो क्यार
आवाज मात्र आउछ
बिना दृश्यको
अनि तिमीले खाएका
बाचा कसमहरु गुन्जिरहंन्छन कानमा

Comments

  1. जसरी जमाना रंगिन टिभी को रह्यो
    उसै गरि दृश्यको लागि अब एरिएल / एन्टिना मिलाउनै पर्दैन ...
    ओप्टिकल फाइबर ...अनि वाई फि को सामना मा ....
    मेरो दृश्य भनौ या फिचर प्रस्ट छ :)

    ReplyDelete
  2. अती सुन्दर

    ReplyDelete

Post a Comment

Popular Posts