नसोध मलाई ...................



नसोध मलाई मेरो जात के हो भनेर
म त आँफैमा रुमाललिएकी छु
यो सन्स्कार अनी परम्परा को दल्दल मा भासिएकी छु
मानब भएर मानब हुनुको जात निभाउन बिर्सिएका हरु
किन बनायौ जात , भत्काएर सद्भाव को पुल
छुट्याएर राखेउ किन  एउटै बगैचाका फुल ?


नसोध मलाई मेरो धर्म के हो भनेर
म त आँफैमा हराएकी छु
धार्मिक मन्यताको खोल ओढेर बस्न बाद्य छु
मानब भएर मानबको धर्म निभाउन बिर्सिएका हरु
किन बनाएउ धर्म , छुट्याएउ भगवान
गर्न सकेनौ किन अरुलाई सम्मान


एक्चोटी जातियता अनी धर्मको खोल हटाएर हेर
देख्नेछौ तिमीले यो सुन्दर समाज
सबैमानिस एक भएको यो प्यारो संसार
मानब भएर मानबलाई नै बिभाजन गर्ने हरु
किन गर्छौ घमन्ड जात अनी धर्ममा
गर्न सिक विश्वाश मानिस को कर्ममा

 














Comments

Popular Posts