तिमीले मेरो लागि लेखेको प्रेम पत्र ।।।

आज मैले,
एउटा पत्र भेट्टाए
तिमीले मेरो लागि
 लेखेको प्रेम पत्र भेट्टाए
एउटा पुरानो किताब को बिचमा
सजिएका तिम्रा हृदयका शब्दहरु
तिम्रा मनका भावनाहरु
तिमीले मेरो लागि
लेखेको प्रेम पत्र   ।।। 

त्यहि किताब ,
जुन तिमीले मेरो जन्मदिनमा
मलाइ उपहार दिएका थियौ
त्यहि किताब ,
जुन मैले काम नलाग्ने भनेर
कुनामा हुत्याएकि थिएं
हो , त्यहि किताबमा रहेछ
तिम्रा मनका भावना हरु
तिमीले मेरो लागि
लेखेको प्रेम पत्र  ।।। 

सम्झनामा आए
तिमीसंग बिताएका
ति  पल अनि क्षण हरु
सपना जस्तै
आहा! कति सुन्दर !
तिमीलाई मेरा प्रेमका इशाराहरु
कहिलै ब्यक्त गर्न नसकेका
मेरा मनका भावना हरु
तिमीले मेरो लागि
लेखेको प्रेम पत्र  ।।। 

पर्खिरहे मैले
तिम्रो प्रेम प्रस्ताब
अनि मायालु स्पर्स
सोचेकी थिए
मेरो मात्र  एकतर्फी माया होला
तिम्रो जीवनमा अटाउन म नसकुला
बुझिन मैले
तिम्रा मन का भावनाहरु
तिमीले मेरो लागि
लेखेको प्रेम पत्र  ।।। 

धेरै पटक
सोध्यौ तिमीले
किताब पढ्यौ ???
पढीसके भनेर ढाटे मैले
के थाहा तिमीले त
प्रेम प्रस्तावको जवाफ खोजेका रहेछौ
आफैमा ढाटिएं म  चिन्न सकिन मैले
तिम्रा मनका भावनाहरु
तिमीले मेरो लागि
लेखेको प्रेम पत्र  ।।। 

आज धेरै वर्ष पछी
तिम्रो प्रेम प्रस्ताब पाएर
हर्षित छ मन
मेरो प्रेम एकहोरो थिएन
दुखि छ मन
 मैले तिमीलाई पाउन सकिन
बुझेनौ तिमीले मेरा इशाराहरु
बुझिन मैले  तिम्रा मनका भावनाहरु
तिमीले मेरो लागि
लेखेको प्रेम पत्र  ।।।

आज अनायासै
निभिसकेको मायाको दियो
फेरी बलेको छ
तर अफसोच ,
हाम्रो बाटो धेरै अगाडी नै
छुट्टीसकेको रहेछ
माफ गरिदेउ मलाइ
पढीन किताब भेटिन प्रेमपत्र
तिम्रा हृदयका गुन्जन हरु
तिमीले मेरो लागि
लेखेको प्रेम पत्र  ।।।

Comments

  1. “धेरै पटक
    किताब पढ्यौ ???
    भनेर सोध्दा नी

    पढीसके भनेर ढाट्यौ तिम्ले ….
    ...... ..... ......
    दुबैको मन ... एउटै रापको तापले
    पोलिएका रहेछन ”
    एक दम सरल र सहज अनि मिठो प्रस्तुति रहेको लेख्न एक दम पन पर्यो
    विताब भित्र च्यापेर ‘प्रेम पत्र’ दिने जुन शैली छ ... धेरै मात्रामा सत्यता पनि छ ! लाग्छ थोरै मात्रामा भए पनि आफ्नै भोगेका यथार्थ पो हुन् कि ?

    ReplyDelete
  2. धन्यबाद yumesh जी ... :) तर यो घटना पुरै काल्पनिक हो कसैको वास्तविक जीवन संग मेल खाएमा संयोग मात्र हुनेछ ...:) :)

    ReplyDelete
  3. तर म भन्न सक्छु, यो कवि को व्यक्तिगत जिवनमा ठ्याक्कै मेल नखाए पनि, मेल खाने खाल्को लेख हो!!!

    ReplyDelete
  4. निकै राम्रो रचना

    ReplyDelete

Post a Comment

Popular Posts