"यु लेट अगेन सिट आउटसाइड"



मिठो धुन 
मोबाइल को आर्लम 
उठ्यो ऊ
अल्छी मान्दै ,
झिसमिसे अध्यारो 
चिसो बाताबरण 
चिर्दै लाग्यो 
साइकल यात्रामा  ।।


बिहानी चहलपहल 
मन्दिर को घन्टी 
 आफ्नो गन्तब्य 
खोज्दै हिडेका 
अनेकौ सरिर 
ऊ जस्तै 
 कोहि पैदल 
कोहि साइकल ।।


रोकियो साइकल 
ठुलो गेट अगाडी 
घडी मा नजर 
लामो स्वास लिदै 
भित्र प्रबेस
सधै झै आजपनि  
थन्कियो साइकल 
स्ट्यान्डमा लाम्बद्द।।


साथैको झोला
बोकेर कुद्यो 
टक्क अढियो 
ढोकामा आजपनि 
गुन्जियो हाँसो  
फेरी आज पनि 
उनी बोलिन् 
"यु लेट अगेन 
सिट आउटसाइड" ।। ।।





Comments

Post a Comment

Popular Posts