दैनिकी


छोरी उठी ?
अह छैन ,
यति छिटै कहाँ उठ्छे ?
खाना पस्क
खाएर गैहाल्छु ।।।
२ 
मर्निंङ् सर
मर्निंङ्
सुन्नुस आज यो फाइल सक्नु पर्छ है
हुन्छ सर
म सकिहाल्छु नि ।।।

३ 
पानी पर्दैछ ?
थाहा छैन
अनि घाम ?
थाहा छैन
अनि के थाहा छ त ?
झलमल्ल बत्ति बलेको ।।।

अझै मेरो काम भएन ?
कति ढिला गर्नु भएको ?कम्प्लेन गर्नु पर्यो ?
 हुदैछ माथि बाट आउन टाइम लाग्यो
भोली आउनुहोस
भै हाल्छ ।।।

फाइल सकियो ? 
छैन सर 
कत्रो टाइम लगाएको
सकाएर मात्र निस्कन पाउनुहुन्छ है
म गए
हुन्छ सर ।।।

६ 
खाना पस्क  त
म आएँ
तिमीहरुले खायौ ? 
खै छोरी देख्दिन त
खाएर सुतिसकी ।।।


Comments

Post a Comment

Popular Posts