सहयात्री

अनायासै  तिमी ,
मेरो पथमा आईपूग्यौ
सहयात्री बनेर ।।
मीठा कूरा,मायालू बोली
अनि न्यानो सामिप्यताले
तिमीलाई मेरो
मनरूपी दरबारको
एक्लो राजकूमार बनाए मैले ।

थाहा छैन,
तिमी सॅगको यो साथ
सधै भरी रहला कि नरहला ।
थाहा छैन ,
तिम्रो यो मायालू बोली
मेरो लागी सधै होला कि नहोला ।

तर तिमीले दिएका मिठा यादहरू
सॅगालेर राख्नेछू म
मेरो मनरूपी डायरीमा
राख्नेछू तिमीले दिएका
ति मीठा आभासहरूलाई ।।
अनि
मायाका मीठा प्रतिबिम्बहरूलाई ।।।

Comments

  1. यादहरु ;आभासहरु खासै त हैन तै पनि ....हिहिही प्रगति हुन

    ReplyDelete
  2. राम्रो छ । तिम्रो कबिता को फ्यान भाको जो छू । तिमि भन्या चै म ?

    ReplyDelete

Post a Comment

Popular Posts