अनुभब

सपना दृश्य बिहिन
फगत एउटा सम्झना
तिम्रो मिठो मुस्कान
अनि कोमल स्पर्सको 


ध्वनि आवाज बिहिन
मायाको एउटा आभाष
तिम्रो मायालु बोली 
अनि न्यानो समिप्याताको 


पत्र शब्द बिहिन
प्रेमको एउटा प्रतिबिम्ब
तिम्रा मिठा सम्बाद 
सबुत तिम्रो मायाको


दृश्य आवाज र शब्दबिहिन 
तिम्रो मायाको अनुभब
यो हृदय को पानामा 
प्रगाढ भै बसेको
प्रगाढ भै बसेको ।।।



Comments

Post a Comment

Popular Posts