मनमा भिसा

तिम्रो मनको राज्यमा ,
प्रवेश गर्नको लागी
भिसा लिन
आएको थिएं म
 तर धेरै लामो लाइन
सबै छिचोल्ने ऑट आएन
फर्किएॅ म ।।

 फेरी अर्को पल्ट
प्रयास गर्नको लागि
आइपुगें म
प्रवेश पाउछुकि भनि
तिम्रो मनको राज्यमा
भिसा लिन
 तर अॅह
योग्यता पुगेन ,
मेरो निवेदन
सुरुमै बहिस्कार भयो
फर्किएॅ म ।।

मिहेनत गरें धेरै नै
योग्यता बनाउनलाई
मन्दिर धाएं
पुस्तक पढें
जग्गा बेचेर
वाइक किनें
अनि फेरी सम्पुर्ण
कागजात बोकेर
बाइकमा हूइंकिदै
आएॅ म तिमी सामु

योग्यता पनि पुग्यो
लाइन पनि थिएन
खुसी भएॅ म
यसपटक
भिसा लाग्छ भनेर
तर तिमीले त
अर्कैलाइ तिम्रो मनमा
"पर्मानेन्ट रेसिडेन्स"
दिइसकेछौ
अनि
निवेदन त्यही च्यातेर
फर्किएॅ म ।।।

Comments

  1. राम्रो लाग्यो !!
    अजै राम्रो लेख्दै गर्नु !!

    ReplyDelete
  2. तपाइको लेखाइ र शब्द चयनले मेरो मुटु नै छोयो,म धेरै नै प्रभावित भए हजुरको कविताबाट।आगामी दिनमा अझै सफलता मिलोस लेखणिमा पशुपतीनाथसंग हृदयदेखी यही कामना गर्दछु।

    ReplyDelete

Post a Comment

Popular Posts