मलाइ माफ गर आमा

मलाइ माफ गर आमा
आउन सकिन म 
तिम्रो आँसु पुछ्न 
भत्किएको घर बनाउन 
हो आमा 
यहाँ कैयौं तिमिजस्तै आमाहरु
 छोरा को पर्खाइमा छन 
म उनिहरुको आशा बन्दै छु
 उठाउदै छु भत्केका सम्रचनाहरु 
जोड्दैछु टुक्रीएका खुसीहरु

तर मलाइ माफ गर आमा
आउन सकिन म 
तिम्रो आँसु पुछ्न 
भत्किएको घर बनाउन 
थाह छ आमा , 
तिमी जस्तै आमालाइ मैले
 थिचिएको मन्दिरबाट निकालें नि
 हो ठ्याक्कै तिमी जस्तै 
मलाइ धेरै आशीर्वाद दिइन 
ती आमाले ,तिम्ले जस्तै

तर मलाइ माफ गर आमा
आउन सकिन म 
तिम्रो आँसु पुछ्न 
भत्किएको घर बनाउन 
आमा, तिम्रो सानो छुनेमुने नाति 
मेरो मुटुको टुक्रालाई
 ख्याल गर है
 सुनाइदेउ उस्लाइ
 उ जस्तै देशको खम्बालाई
 बचाएको छु भनेर 
उस्लाइ पनि सहासिलो बनाउ है 
तिम्ले मलाइ बनाए जस्तै

तर मलाइ माफ गर आमा
आउन सकिन म
 तिम्रो आँसु पुछ्न
 भत्किएको घर बनाउन 
आमा तिम्री बुहारीलाई पनि
 तिमिजस्तै सहासी , र निडर बनाउ है
 मैले त बोल्न समेत पाको छैन
 सम्झाउ है उस्लाइ पनि
 
तर मलाइ माफ गर आमा
आउन सकिन म 
तिम्रो आँसु पुछ्न 
भत्किएको घर बनाउन
 आमा घर पछि बनाउंला 
पहिला देश बनाउछु है 
लडेका सपनाहरु उठाउछु है 
आमा तर मलाइ माफ गर है 
संसारलाई खुसी दिन खोज्दा
 तिम्रो आँसु पुछ्न सकेको छैन
 देशलाई उठाउन खोज्दा
 आफ्नै घर उठाउन सकेको छैन
 मलाइ माफ गर है आमा ।

(- देश र नागरिकका लागि अहोरात्र खट्ने नेपाल प्रहरी र सेनाका  जवानहरु प्रति समर्पित)

 Published on ujyaaloonline.com on 11th May , 2015

Comments

Popular Posts