जब चार बज्छ


जब घडी को सुइ ,चारमा पुग्छ 
मन त्यसै त्यसै फुरुङ्ग हुन्छ
किनकि , जब चार बज्छ
सुर्यले धर्तीमा प्रकास फैलाउनु अघि
अन्धकारलाइ चिर्दै बत्ति आउँछ


सपनाको संसार बाट निस्किदै 
न्यानो सिरकलाइ हटाउदै
फुत्त निस्किनु पर्छ 
किनकि जब चार बज्छ 
तब बत्ति आउछ 

बत्ति मात्र हैन ,संसारलाइ जोड्ने 
इन्टरनेट आउँछ 
अनि राति मायालुले पठाएको 
सन्देस आउछ 
किनकि जब चार बज्छ 
तब बत्ति आउछ 


बत्ति मात्र हैन ,धाराबाट

जीवन ज्युने आधार
पानी  आउँछ 
अनि रित्तिएका बाल्टीहरु 
भरिन पाउँछ 
किनकि जब चार बज्छ 
तब बत्ति आउछ


बत्ति मात्र हैन ,खाना पकाउने 
चुलो पनि बल्छ
अनि कुकरमा
सिठी लाउन पाइन्छ 
किनकि जब चार बज्छ
तब बत्ति आउँछ 

त्यसैले त
मायालुको सन्देस पढ्न
मोबाइल समाउनु पर्छ
चार्जमा राख्नु पर्छ
पानी थाप्न ओछ्यान छोड्नु पर्छ
इन्डक्सन चलाउनु पर्छ
भात बसाउनु पर्छ
किनकि जब चार बज्छ
तब बत्ति आउंछ ...


Comments

  1. हाहा , जब ४ बज्छ अनि बत्ति आउछ !!
    Nice one!!!

    ReplyDelete

Post a Comment

Popular Posts