माया जोख्ने मेहन्दी

श्रावण महीना हरियो महीना
हरियो चूरा अनि मेहन्दीमा
सजिएका ति हातहरू 
प्रेमीको माया 
केमीकल भरिएको 
मेहन्दीको सोलीले बनाएको
बूट्टाहरू मा खोज्दैछन्
हरियो चूरा र मेहन्दीमा
सजिएका ति हातहरू 


माया जोख्ने साधन 
मेहन्दी को गाढापन 
जति गाढा मेहन्दी 
त्यति प्रगाढ माया
प्रेमीहरू माया देखाउदैनन् रे
त्यसैले त 
प्रेमीको माया 
मेहन्दिमा खोज्दैछन्
हरियो चूरा र मेहन्दीमा
सजिएका ति हातहरू 

मेहन्दी गाढा हुन्छ रे
चिनी पानी र कागतिको रसपनि
माया गाढा बनाउनै होला
अनि सुन्दर बूट्टा झैॅ
जीवन पनि सून्दर 
खूसी खोज्दैछन् 
हरियो चूरा र मेहन्दीमा
सजिएका ति हातहरू 

मेहन्दी उद्योगलाइ
भ्याइनभ्याइ छ 
गाढा रड़ दिने
सोलीहरू निकाल्नू छ 
माया अझै गाढा बनाऊनू छ
कारण मेहन्दीको डिमाण्ड बढ्दो छ
माया नाप्न हतारिदै छन्
हरियो चूरा र मेहन्दीमा
सजिएका ति हातहरू

Comments

Popular Posts