जुका


एकपटक को कुरा हो, हाम्रो धोको डाडो चढ्ने थियो, तर पानिपर्दै थियो । पानि परेकैले होला, बाटो चिप्लो हुन्छ कि भन्ने डर थियो । पदयात्रा (हाइकिंग)को रहर अनि साथीहरुसंग रमाइलो  गर्ने बिचारमा हामी दस जनाको टोलि अगाडी बढ्यो  पदयात्रा सुरु गर्नुभन्दा अगाडी स्थानीयलाइ त्यहा को स्थिति र जाने बाटोको बारेमा सोधेका थियौ " नानीहरु पानि पर्दै छ , यस्तो मौसममा जुका लाग्छ , जान सक्दैनौ होला । " हामीले यस्तो प्रतिक्रिया धेरै सुन्यौ तर हामी ढ्रीड संकल्पका साथ् अगाडी बढ्ने निर्णय गर्यौं ।

मौसम कहा बेइमानी हुन्छ र सधैं , मौसम ले साथ दियो घाम लागेर , हामी दङ्ग पर्यौं अनि खुसि हुदै पदयात्रा सुरु गर्यौं तर मौसम हाम्रो हातमा थिएन, थियो त केवल हाइकिंग स्टिक । बेइमानी मौसम, फेरी पानि पर्न थाल्यो। एकछिन अगाडी बढेपछी स्थानीयले भने झैं जुका देखिन थाले बाटोमा । ओह हो नि ! जुका लाग्यो नि त। सबै जना अत्तालिएर कराउन थाल्यौं । हा हा सम्झिदा नि हाँस उठ्छ। जुकै जुका को बाटो पो रहेछ । हामी केहि साथी त अगाडी बढेकै थियौं तर केहि साथिहरु अगाडी बढ्न सक्नु भएछ अनि फर्किने सल्लाह गर्यौ । हामि लुरु लुरु जता बाट आएको  त्यति फर्कियौं। अनि तत्काल अर्को योजना बनाएर अर्को तिर घुम्न गयौ। धन्न यो काठमाडौँ उपत्यकामा घुम्ने रमाइलो गर्ने स्थानको कमि छैन।

यो घटना पश्चात मैले यसो बिचार गरें आफ्नो वारी परि हेरें। जुकाले हामीलाई गन्तब्यमा पुग्न रोके जस्तै हाम्रो जीवन रुपी गन्तब्यमा पुग्नलाइ बाधा बन्ने जुका हरु कति होलान  । समाज रुपी जुका , सस्कृति रुपी जुका , साथीभाई आफन्त रुपी जुका ( यिनीहरु लाइ मानब रुपी जुका ) भन्दा पनि हुन्छ. । ओह हो कति धेरै जुकै जुका । यी जुका हरु त बाहिरि जुका भए। हाम्रै सरिर मा भएका परजीबी  जुका , हाम्रो आलस्यता , घमण्ड , इत्यति जुकाहरु पनि त ब्याप्त छन् । अझ यस्ता जुका त भयानक हुन्छन । हाम्रो अल्छीपना नैरास्यता इत्यादी जुकाले हामीलाई आक्रमण गर्यो भने त ओह हो जीवन रुपी दौड कसरि अगाडी बढ्ला र?

 जुका हेर्दा सानो तर भयानक, थाहै नपाइ सरिरमा टाँसिने अनि रगत चुसेर छोड्ने  । धेरै जुका लाग्यो भने त रक्त अल्पता नि हुन सक्छा । टाँसिएपछी निकाल्न एकदमै गारो। बाटोमा आइलाग्ने जुकाहरु संग जुद्दै अगाडी बढे मात्र डांडो माथि पुग्न सकिन्छ । नत्र हामीले जस्तै बीचबाटो बाटै फर्किनुपर्छ   । जीवनको उकालीमा पनि हाम्रोवारीपरि धेरै जुकाहरु भेटिने रहेछन थाहा नपाइ टाँसिने अनि जबधेरै रगत चुसीसक्छन अनिमात्र हामीलाई थाह हुन्छ,   । यिनीहरुले हामीलाई गन्तब्यमा पुग्न रोकिरहेका हुन्छन । कतिपय अवस्थामा हामि योजना परिवर्तन गरौंला तर आफुले रोजेको गन्तब्य जान नपाएको तितोपाना त मनमा रहिरहन्छ नि हैन र ?

मानबरुपी जुका सबैभन्दा डरलाग्दा जुका हुन् । मानब रुपी जुकाहरु साथीभाइ  आफन्त , प्रेमी प्रेमिका को रुप धारण गरेर नि हाम्रो जीवनमा प्रबेस गर्न सक्छन । अनि हाम्रो जीवनमा भएको स्फूर्ति सबै गायब पार्दिन सक्छन । त्यसैले यस्ता जुकाबाट बच्नु पर्छ ।जीवनमा अगाडी बढ्नु छ सफलता को चुचुरो टेक्नु छ भने यस्ता जुका हरु बच्दै , आफैं सतर्क हुदै अगाडी बढ्नु पर्ने रहेछ नत्र गन्तब्यमा नपुगी जीवन मा अलमलिनु पर्ने रहेछ  ।

त्यो डाडो फेरी अर्को पटक अलिक तयारीका साथ् जुका संग बच्ने योजना बनाइवारी चढ्ने संकल्प छ  । सायद जीवनमा सिकेको एउटा गतिलो पाठ थियो त्यो यात्रा , जुका त जीवनमा लाग्छन नै तर त्यसबाट जोगिनलाइ आफु सुरु मै तयार हुनु पर्ने रहेछ अनि नआत्तिकन जुकरुपी ब्यबधानलाइ समाधान गर्दै अगाडी बढ्नु पर्ने रहेछ   ।



Comments

  1. You are producing juka yourself, and instead writing this story to get rid out of it. That's contradictory. Lolwaa..

    ReplyDelete

Post a Comment

Popular Posts