बिलिन भावना

शब्दै शब्द को भण्डार भएको 
त्यो मोटो शब्दकोषका पाना पल्टाएर खोजें 
तिमीलाई एउटा राम्रो उपमा दिउं कि भनि 
तर था छ ?
शब्दकोष त रित्तो सादा कागज  भएछ 
मैले भेटिन कुनै शब्द 

तिमीले जन्मदिनमा दिएको उपहार त्यो डायरी
तिम्रा लागि मनमा उथल पुथल भएका भावनाहरु 
ब्यक्त गरुं कि भने पल्टाएं 
तर था छ ?
भावनाको खहरेले मेरो कलम को मसि बगायो 
लतपत भए भावना हरु 
अहँ भेटिन मैले 
तिम्रो लागि बनेका मेरो भावनाको शब्दहरु 

कसैले भन्यो कबिता र गीत ले बोल्छ 
मनका भावना हरु 
इन्टरनेट का ठेगानाहरु मा 
खोजि गरें कतै पाउछु कि भनि 
तिम्रो लागि मिल्ने गीत अनि कबिता 
तर अहँ , कुनै कविले पनि लेख्न सकेनन 
ति भावना हरु 

माथि डांडामा गएर हेरे तल तिर 
बादल ले छेकेको संसार देखें 
त्यहि बादलमा आफ्नो मन को आवाजलाइ 
बिलिन गर्दिएं 
आशा छ मेरो भावनाको  बादल 
कुनै बेला 
पानी  बनेर बर्सिने छ तिम्रो हृदयमा !!


Comments

Post a Comment

Popular Posts