अनुरोध

भन्छन्
कबिताले मनको भाव बोल्छ रे
ए कबि
लेखिदेउ न है
मेरा लागी पनि दुइ हरफ
कतै तिम्रो कबितामा म अटाउॅछु कि ?

संसारमा आउन नपाउदै बिलिन भएकी म
ए कबि ,
 सूनाइदेउ न  है
मेरा मनका चित्कार
कतै मस्त निन्द्राबाट  समाज ब्युझन्छ कि?

खूला आकास छोडेर
पिन्जडा भित्र बन्देज भएकी म
ए कबि
बनाइदेउ न है
एउटा शब्दरूपी साॅचो
कतै पिन्जडाको ताला तोडिन्छ कि

समाजले बनाएको पर्खाल
तोड्ने हतियार बनेर
आओस् तिम्रो कबिता
ए कबि
लेखिदेउ न है
मेरो लागी पनि दुइ हरफ
कतै तिम्रो कबितामा अटाउछू कि म ?

Comments

Popular Posts