प्यारो दार्शनिक..

प्यारो दार्शनिक 
म तिम्रो दर्शनलाइ
कबिता बनाउॅछु है !
जब जब तिमी
गर्हौ गर्हौ शब्द मिश्रित
जीवनका गहन
सिदान्तको कुरा गर्छौ
तिमी साँच्चै सुन्दर देखिन्छौ
प्रेमिल कबिता झैं सुन्दर
लठ्ठ पर्छु तिम्रो मादकतामा
त्यसैले त प्यारो दार्शनिक
म तिम्रो सिदान्त र दर्शन
सापटी लिन्छु है ।।
जब तिमी
हाम्रो सम्बन्धको
परिभाषा दिन्छौ नि
दड़्ग पर्छु म
त्यसैले त
तिम्रो शब्दहरू
सापट लिएँ है
तिम्रै शब्दमा
"माया भ्रम हो
तिमी त मेरी यथार्थता हौ।।
तिमीसॅग जीवन बिताउने
योजना बून्दै छू म
मायारूपी भ्रममा नफंसी
तिमीलाइ
सहयात्री बनाउन चहान्छू
मेरो जीवनरूपी यात्राको
ए मेरी प्रेमिका
मेरी प्राणप्यारी
म तिमीलाई प्रेम गर्छू !
"आइ लव यु"
भनिॅन भनेर नरिसाउ है
किनकी म तिम्रो साथको
यो सत्यतालाइ
मायारुपी भ्रममा फॅस्न दिन्न
तिमी यथार्थ हौ
मेरो जीवनको
एउटा मीठो यथार्थ "
हो प्रिय
जब जब तिमी
यस्तै गहन कूरा गर्छौ नि
तिमी साच्चिकै सुन्दर देखिन्छौ
प्रेमिल कबिता झैं सुन्दर ।।

Comments

Popular Posts