मूल्य कति ?

जीवनको मोल कति हुन्छ ?
उसले प्रश्न गर्यो 
ऊ तिर हेरेर मुसुक्क हासें 
भनें "तिमि अमुल्य छौ " 
उ चुप लाग्यो 
म भने उसको प्रश्नको उत्तर खोज्न थालें । 

हाइ स्कुलमा पढेकी थिएँ 
अ सिक्स मिलियन डलर म्यान
मानिसको शरीरको रसायनको मूल्य 
के मानिसको मूल्य त्यति नै हो त ?
रसायन मात्र त मानिस हैन नि 
मैले मानिसको व्याख्या गर्न जाँनिन 
आखिर के हो मानिस 
अनि उसको मुल्य कति हो?

टाउको रन्थनियो 
केहि पनि सोच्न सकिन 
दिमाग घुमिरहेको थियो 
टिभीले बोल्यो
सरकारले सहिद परिवारलाई दसलाख क्षतिपूर्ति दियो 
म मानिसको मूल्य सुनेर दंग परें ।

Comments

Post a Comment

Popular Posts