राजनीति


भो म गर्दिन
अर्कालाई गाली गरेर
ताली पाउने राजनीति
मलाई त काम गरेरै
ताली पाउनु छ
कसैलाई देखाउन हैन
आफ्नै मन बाट
देश र समाजको लागि गर्नु छ
त्यसैले म गर्दिन
अर्कालाई गाली गरेर
ताली बटुल्ने राजनीति

व्यक्ति हैन दोष
विधिको छ
क्र्यास भएको सिस्टम
फेरी बनाउनु छ
सिस्टम ठिक गरेरै
ताली पाउनु छ
सबैको ओठमा मुस्कान
अनि खुसी ल्याउनु छ
त्यसैले म गर्दिन
अर्कालाई गाली गरेर
ताली बटुल्ने राजनीति



Comments

Popular Posts