मलाई माफ गर है छोरी

मलाई माफ गर है छोरी
म तिमिलाई जन्माउन सक्दिन
यो पापी दुनियाँमा
तिमिलाइ हुर्काउन सक्दिन

म आफ्नै आँखा अगाडी
तिमिलाई बलात्कृत भएको देख्न सक्दिन
म आफ्नै आँखा अगाडी
बिभिन्न बहानामा कुटिएको देख्न सक्दिन
त्यसैले माफ गर है छोरी
म तिमिलाइ जन्माउन सक्दिन।।

तिमिलाई बिहे गरिदिनकै लागी
पल्सर बाइक किन्न सक्दिन
यो नर्कबाट म तिमिलाई
जोगाउन सक्दिन
त्यसैले माफ गर है छोरी
म तिमिलाई जन्माउन सक्दिन ।।

यो नर्कमा जन्मिएर नै
के पो गर्छ्यौ र?
कुसंस्कारको जेलमा परेर
स्वतन्त्र पन्छी झैँ
कसरी पो उड्छ्यौ र ?
त्यसैले  माफ गर है छोरी
म तिमिलाई जन्माउन सक्दिन
यो पापि संसारमा
म तिमिलाई हुर्काउन सक्दिन ।।

मलाई थाह छ छोरी
तिमि वकिल  बन्नेछ्यौ
आफ्नो मुद्दा आँफै लड्नेछ्यौ
तर छोरी पिपाशुहरुको आँखाले
तिम्रो कलिलो बालापन देख्दैन
मानवरूपी राक्षसबाट
तिमिलाई जोगाउन सक्दिन
त्यसैले माफ गर  है छोरी
म तिमिलाई जन्माउन सक्दिन
यो पापी संसारमा
म तिमिलाई हुर्काउन सक्दिन ।।

Comments

Popular Posts