के होला





यदि जीवन रङ्गमंच हो भने 

के होला हामीले पात्र परिवर्तन गरे 

तिम्रो रोल मैले लिए, तिमीले मेरो लिए 

यदि सुर्य चन्द्रमा भए अनि चन्द्रमा सुर्य भए 

यदि तिमि म भए अनि म तिमी 

तिमीले ओछ्यानमै मेरो लागि बेडटि ल्याएर दिए 

के होला हामीले पात्र परिवर्तन गरे 




के होला 

म तिम्रो हात माग्न तिम्रो घर आए 

मैले जन्ती लिएर तिमीलाई लिन आए 

तिमीले घुम्टोले टाउको छोपेर मेरो लागि पर्खिरहे 

तिमीले आफ्नो जन्मघर छोडेर मै सँग आए 

अनि तिमीले मेरो थरलाई आफ्नो बनाए 

यदि सुर्य चन्द्रमा भए अनि चन्द्रमा सुर्य भए 

यदि तिमि म भए अनि म तिमी 

यदि जीवन रङ्गमंच हो भने 

के होला साँच्चै हामीले पात्र परिवर्तन गरे

Comments

Popular Posts