त्यो भिडियो जस्ले दिमाग खलबलायो

माघ नौ गते बुधबार, राती 9-10 बजे तिर मोबाइल चलाइरहेकी थिएं । Women warriors ग्रुपमा साथीहरुले एउटा भाइरल भिडियोको बारेमा आक्रोशित हुँदै पोस्टहरु गर्नुभएको थियो। के रहेछ त्यि भिडियो एक्दमै खुल्दुली लाग्यो । पोस्टमा लेखिएको कुराहरु पढ्दै जाँदा सार्वजनिक बसमा भएको अस्लिक क्रियाकलापको कुरा रहेछ। मन बिच्चल्लित भएर आयो। सधै सार्वजानिक यातायातमा यात्रा गर्ने मेरो मनमा हलचल नै मचियो । दिमागले केही सोच्नै सकेन। हामी कति असुरक्षित रहेछौं भनेर मन एक्दम भारी भएर आयो। यसरी त हुन्न केही गर्नै पर्छ भन्ने मनमा लाग्यो ।तर त्यो मध्यरातमा के गर्ने कसलाई भन्ने ? त्यही पोस्टहरुको रिफरेन्स लिएर ट्विटरमा घटनाको बारेमा पोस्ट गरें   । केही समय पछि अन्य साथी तथा अधिकारकर्मीहरुले पनि सो को बारेमा चासो देखाउनुभयो। हेलो सरकार र प्रहरी प्रधानकार्यलयलाई खबर गरियो। एकातर्फ त्यो चलिरहेको थियो। अर्कोतर्फ फेसबुक ग्रुपमा साथीहरु एकदम निराशाजनक पोस्टहरु गरिरहनुभएको थियो। अब के गर्ने होला ? रातभरि यिनै कुराहरु खेलिरहें। दिमागमा नकारात्मकता छिटो फैलिन्छ रे। त्यसैले होला मैले केही बर्ष अगाडिको भारतको दिल्लीमा भएको बस को बलत्कारको घटना सम्झिए। बिबिसीमा प्रसारित डकुमेन्ट्री झलझली याद आयो । त्यतिबेला लागेको थियो नेपालका सवारीसाधन त सुरक्षित छन् । यस्तो हाम्रोमा हुन सक्दैन। तर त्यो भिडियो बाहिर आएपछि मेरो बिस्वास उडेर गयो। निर्मला हत्याकाण्ड लगायतका विभिन्न बलात्कारका घटना सुनिरहेको बेला, दोशी पक्डिने प्रहरीको प्रयास असफल भैरहेको बेला यस्तो घटना सुनिसकेपछि म भित्रको डरले मलाई छोप्यो। एककिसिमको मानसिक तनाब झेल्नुपर्यो। यस्तै तनाब म लगायत अन्य साथीहरुले पनि झेल्नुभयो।  राती अबेरसम्म ग्रुपमा साथीहरुले सुत्न सकिन, बिहान छिटै माइक्रो चढेर जानुछ कसरी जाने होला जस्ता तनाबपुर्ण पोस्टहरु गरिरह्नुभयो। महिला मात्र हैन यो घटना देख्ने जो कोहिमा त्रास र संसय उत्पन्न भएको थियो।   रातभरी निन्द्रा लागेन।  आखिर कुनै तुच्छ पिशाचको एउटा घिनलाग्दो क्रियाकलापले सबैको दिमाग हल्लिएको थियो र डर उत्पन्न भएको थियो। सार्वजानिक सवारीसाधनमा यो सम्मको निच ब्यबहार देख्दा मनमा खल्बल भएको थियो।
सबैतिर हल्ला खल्ला भएपछी पहिला केही नबोल्नुभएको साथीहरु पनि आफुसँग भएको त्यस्तै प्रकृतीको घटनाहरु सुनाउनु भयो। कुरा एउटा मात्र भिडियोको होला भनेको त यो त कुनै न कुनै अवस्थामा महिलाले दैनिक भोग्नुपर्ने सास्तीको बिषय रहेछ।  हुन त सार्वजानिक यातायातमा  सास्ती भोग्नुपरेको घटना नौलो हैनन। तर आखिर कहिले सम्म चुप लागेर बस्ने ।? कि त सार्वजानिक यातायात महिलाको लागि हैन भन्दिनु पर्यो यो समाजले नत्र भने यदि सार्वजानिक यातायात हाम्रो लागि हो भने यस्ता घिनलाग्दा हर्कतहरु बाट सार्वजानिक यातायात टाढा हुनपर्यो। महिला शसक्तिकरणका चर्का नाराहरु गुन्जिरहेको बेला यस्ता घटनाले महिलालाई अगाडि आउन बाधा गरिरहेको हुन्छ । सम्पुर्ण मानवजातिले नै लज्जाबोध गर्ने अस्स्लि हर्कत गर्नेहरु किन समाजमा खुलेआम घुमिरहेका छन ? यस्तो लाग्छ राक्षसहरु आफ्नो सिकार खोज्न मडारिरहेका छन। 

सार्वजानिक यातायात कसैको पेवा हैन। यो हामी जनताको हो। हामिले यात्रा गर्दा सुरक्षाको प्रत्याभुती गराउन सक्नु सरकारको दायित्व हो। आखिर सरकारको काम भनेकै सुरक्षा दिनु त हो । अनि यो सरकारको मात्र नभएर समाजका हरेक अङ्गको जिम्मेवारी पनि हो । सभ्य समाज निर्माण एउटा ठूलो जिम्मेवारी हो। यस्का लागि विभिन्न उपायहरु अपनाउन सकिन्छ । यी उपायहरु मेरो मात्र निजि बिचार हैन ,  सामाजिक सन्जालका ग्रुपमा रहनुभएका धेरै साथीहरुले सुझाउनु भएको उपाय पनि हो जस्तै : प्रत्येक सवारी साधनमा सिसिक्यामेरा जडान गरेर त्यस्को निगरानी गर्ने,  चालक, सहचालकहरुको युनिफर्म तथा परिचयपत्र अनिवार्य गर्ने  साथै गाडिको बिबरण जस्तै चालकको सहचालकको नाम, गाडी नम्बर र आपत्कालिन स्थिति आइपर्दा अपनाउनुपर्ने सुरक्षाका उपायहरु प्रस्टसँग देखिने स्थानमा राख्ने, क्षमता भन्दा बेसि यात्रु नचढाउने , आफू पनि नचढ्ने, आरक्षित सिटको प्रयोग राम्रो सँग गर्ने। जस्ता विभिन्न उपाय हरु अपनाएर अझ ब्यबस्थापन राम्रोसँग गर्न सकिन्छ। यस्का साथै सामाजिक स्तरबाट नै महिलाहरुलाई सम्मान गर्न सिकाउने, महिलालाई साधनको रूप्मा नलिने खाल्को परिपाटीको चेतना र सोच बढाउनुपर्ने देखिन्छ।

यात्रामा हुने हिंसा क्षम्य हिंसा हैन ।यस्ले समाजलाई नकरात्मकतामा धकेल्छ। यस्तो किसिमको अपराध गर्नेलाई कडा भन्दा कडा सजाय दिन जरुरी देखिन्छ। यसका साथै घटना घट्ने बित्तिकै मौन बसेनौं त्यस बिरुद्द आवाज उठायौं भने धेरै हद सम्म त्यस्तो बिकृती र सामाजिक उड्दन्डता अन्त्य गर्न सकिन्छ।

नारी स्वतन्त्र भएर हिड्न पाउनुपर्छ। यदि लैङ्िगक भेदभाव मुक्त समाज निर्माण गर्ने हो भने यस्ता किसिममा अगाडि बढ्न मानसिक रूप्मा घुमाउरो पाराले रोक्ने हिंसा अन्त्य हुनुपर्छ र यसका लागि हामी सबैले आवाज उठाउन सक्नुपर्छ।

Comments

  1. Thank you for addressing such a serious issue. Everyone should play their part in making this world a better place to live for the generations to come.

    ReplyDelete

Post a Comment

Popular Posts